• २०८१ जेठ ३ बिहीबार

मनिषा कोइराला भन्छिन्- असल जीवनसाथी भएको भए राम्रो हुन्थ्यो

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री मनिषा कोइराला लामो समयपछि पर्दामा कमब्याक गर्दैछिन् । 

सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमण्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। 

यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट दाहालसँग सम्बन्ध विच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतारचढावका बारेमा खुलेर कुरा गरेकी छिन् ।

एक अन्तर्वार्तामा मनिषा कोइरालाले भनिन्,  ‘केही मानिस भाग्यमानी हुन्छन्, जसले यति धेरै उचाइ र यति धेरै तल झरेको अनुभव गर्न पाउँदैनन् र उनीहरुको जीवन निकै शान्त हुन्छ । म पनि भाग्यशाली छु कि मसँग यी सबै अनुभव रहेको छ। म केवल आशा गर्न सक्छु कि कम्तिमा मेरो जीवनप्रतिको दृष्टिकोण तीतो नहोस्। मेरो काम त्यसैमा छ ।’

मेरो काम मैले के परिवर्तन गर्न सक्छु र जीवनलाई कसरी हेर्छु, हेर्नु हो, जस्तै म गिलास आधा खाली वा आधा भरिएको हेर्छु । मलाई लाग्छ जीवन सधै पीडादायी हुदैन । फेरि प्रेम पाउन तयार हुनुहुन्छ वा जीवनसाथी चाहनुहुन्छ भनेर सोध्दा मनिषाले भनिन्, ‘म चाहन्छु । म झूट बोल्दिन । मलाई पक्कै पनि लाग्छ कि मेरो जीवनमा एक पुरुष व्यक्तित्व भएको भए, यदि मेरो जीवनमा मेरो साथी भएको भए, मलाई सायद राम्रो महसुस हुने थियो। तर, म धेरै इमान्दार हुनु पर्दछ, म उसलाई पर्खन मेरो समय बर्बाद गर्दिन । मेरो भाग्यमा लेखेको भए पाउँछु । होइन भने त्यो पनि ठिक छ । जीवनलाई पूर्ण रुपमा जिउदै छु जस्तो लाग्छ ।’

मनिषाले थप भनिन्, ‘मलाई एन्जाइटी अट्याक आउँछ र म असुरक्षित हुन्छु । मसँग सबै चीजहरू छन्, जुन सबैसँग छन्। म कहिलेकाहीं निराश र दुःखी पनि महसुस गर्छु। तर म भन्छु, हैन मनिषा, उठ, हिँड्ने बेला भयो ।'

मनिषा कोइराला सञ्जय लीला भन्सालीको पहिलो ओटीटी सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ मा मल्लिकाजनको भूमिकामा देखिने छिन् । यो शृङ्खला मे १ बाट नेटफ्लिक्समा स्ट्रिम हुदैँछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै