• २०८१ बैशाख २५ मंगलबार

रोनाल्डिन्हो नक्कली पासपोर्ट प्रकरणमा जेलमुक्त

kharibot

काठमाडौँ । पराग्वेमा नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका ब्राजिलियन फुटबलर रोनाल्डिन्हो हिरासतमुक्त भएका छन् ।

रोनाल्डिन्हो र उनका दाजुलाई पराग्वेको अदालतले हिरासत मुक्त गरेको हो । उनीहरु नक्कली पासपोर्टमा पराग्वे पुगेको पाइएपछि उनीहरुलाई हिरासतमा लिइएको थियो ।

उनीहरुले ३२ दिन प्रहरीको हिरासतमा विताएर उनीहरुलाई होटलमा बस्ने अनुमति दिइएको छ । न्यायधिशले मुद्धाको टुंगो नलाग्दासम्म उनीहरु होटलमा बस्न सक्ने गरि हिरासतमुक्त गरिएको जनाएका छन् ।

यसअघि रोनाल्डिन्होका वकिलले १.६ मिलियन डलरको धरौटीमा रिहा गर्न आग्रह गरेपनि अदालतले अश्विकार गरेको थियो । 

रोनाल्डिन्हो र उनका भाइ रोबर्टोलाई पराग्वेको प्रहरीले मार्च ७ मा हिरासतमा लिएको थियो ।

रोनाल्डिन्होले ब्राजिललाई २००२ मा विश्वकप जिताएका थिए भने उनले 

बार्सिलोना, पिएसजी, एसी मिलान जस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै