• २०८१ बैशाख २४ सोमबार

रोनाल्डिन्होका छोरा जोआओ बार्सिलोनाको एकेडेमीमा आवद्ध

kharibot

काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होका छोरा जोआओ मेन्डेस बार्सिलोनाको एकेडेमीमा आवद्ध भएका छन् ।

१७ बर्षिय जोआओ बार्सिलोनाको युथ एकेडेमीमा आवद्ध भएका हुन् । उनको पुरा नाम जोआओ डे अस्सिस मोरेइरा भएपनि उनलाई जोआओ मेन्डेसको नामले चिनिन्छ । अघिल्लो महिना बार्सिलोनाको एकेडेमीमा उनले दिएको ट्रायलमा उनले खासै प्रभावित पार्न नसकेको बताइएको थियो । तर त्यसपछि उनले दिएका अन्य ट्रायलमा राम्रो प्रदर्शन गरेपछि उनलाई बार्सिलोनाले आफ्नो युथ एकेडेमी खेलाडीको रुपमा आवद्ध गरेको हो ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले जोआओले बार्सिलोनामा सम्झौता गरेको र अहिले सम्भवत बि टिमबाट खेल्न सक्ने बताएका छन् । 

बार्सिलोना आफ्नो एकेडेमीबाट ठुला खेलाडी बनाउने क्लबको रुपमा चिनिन्छ । लियोनेल मेसी, जाभी, आन्द्रे इनेष्टा, चेक फाब्रिगास, जेरार्ड पिके जस्ता विश्व फुटबलका ठुला खेलाडीहरु बार्सिलोनाको एकेडेमीकै उत्पादन हुन् ।

रोनाल्डिन्होका छोरा जोआओ यस अघि ब्राजिलमा फुटबल खेल्ने गर्दथे । ब्राजिल र स्पेनको दोहोरो नागरिकता भएका जोआओ यसअघिब्राजिलियन क्लब फ्लेमेन्गोको एकेडेमीमा खेलेका थिए ।

जोआओ आफ्ना पिता रोनाल्डिन्होकै पोजिसनबाट खेल्ने गर्दछन् । उनी फरवार्ड, अट्याकिङ मिडफिल्डर र दोस्रो स्ट्राइकरको भूमिकामा खेल्न सक्ने बताइएको छ । तर जोआओ आफ्ना पिता भन्दा अग्लो रहेको र देब्रे खुट्टाले बढी खेल्ने गर्दछन । रोनाल्डिन्हो भने दुवै खुट्टाले खेल्न सक्ने खेलाडी थिए ।

रोनाल्डिन्होले बार्सिलोनाका लागि २०७ खेल खेलेका थिए भने ९४ गोल र ७० गोल असिस्ट गरेका थिए । हाल रोनाल्डिन्हो बार्सिलोनाका एम्बास्डरको भूमिकामा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै