• २०८१ बैशाख २५ मंगलबार

रोनाल्डोद्वारा कोरोना संक्रमितको उपचारका लागि एक मिलियन युरो सहयोग

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलमा कोरोनाका संक्रमितलाई उपचारका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।

रोनाल्डोले पोर्चुगलको पोर्टो र लिस्बनमा बेड र भेन्टिलेटर निर्माण गर्न सहयोग गरेका हुन् ।

रोनाल्डोका साथै उनका एजेन्ट जर्ज मण्डेजले एक एक मिलियन सहयोग गरेको पोर्चुगलका मिडियाले उल्लेख गरेका छन् ।

रोनाल्डो र मण्डेजले हामीलाई सम्पर्क गरेर सहयोग गरेको सान्ता मारियाका अध्यक्ष डानियल फेर्रोले जानकारी दिएका छन् ।

रोनाल्डोका एजेन्ट मण्डेजले यस अघि एक हजार मास्क र २ लाख सुरक्षित गाउन सहयोग गरेका थिए ।

यस अघि लियोनेल मेसी र पेप गुआर्डीओलाले स्पेनको अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न एक एक मिलियन युरो सहयोग गरेका थिए ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै