• २०८१ जेठ ६ आइतबार

सुर्यको शतकसँगै मुम्बईले सनराइजर्सलाई हरायो

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १७४ रनको लक्ष्य पछाएको मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ बलमा १०२ रन अविजितको शतकीय पारी खेलेका थिए । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ४ जित हासिल गरेको मुम्बई प्लेअफको दौडबाट भने बाहिर भइसकेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको सनराइजर्स अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै