• २०८१ बैशाख २४ सोमबार

रोनाल्डिन्होलाई पाँच महिनापछि ब्राजिल फर्किने अनुमति

kharibot

काठमाडौँ । पराग्वेमा नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका ब्राजिलियन फुटबलर रोनाल्डिन्होले पाँच महिनापछि ब्राजिल फर्किने अनुमति पाएका छन् ।

नक्कली पासपोर्ट प्रकरणमा उनीलाई दोषी मान्दै अदालतले ९० हजार डलर जरिवाना तोकेको छ भने उनका भाइलाई एक लाख १० हजार डलर जरिवाना तोकेको छ । त्यस्तै उनका भाइलाई पराग्वेमा अपराधिक गतिबिधि गरेको रेकर्ड बनाइएको छ भने रोनाल्डिन्होलाई भने सो रेकर्डबाट मुक्त गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अब उनी कुनै पनि बेला ब्राजिल फर्किने सक्ने बताइएको छ ।

यस अघि गत फाल्गुनमा यात्राका क्रममा नक्कली कागजपत्र बोकेको आरोपमा पराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो ३२ दिन जेलमा बसेपछि पराग्वेमै हाउस एरेस्टको रुपमा एक होटलमा बसिरहेका थिए ।

३९ बर्षिय रोनाल्डिन्होलाई उनका भाईसँगै गत फाल्गुनमा नक्कली पासपोर्ट प्रकरणमा पक्राउ गरिएको थियो ।

उनीहरुले ३२ दिन प्रहरीको हिरासतमा राखेपछि गत चैत्रमा पराग्वेको एक अदालतले होटलमा बस्ने अनुमति दिइएको थियो । अदालतले मुद्धाको टुंगो नलाग्दासम्म उनीहरु होटलमा बस्न सक्ने गरि हिरासतमुक्त गरिएको थियो ।

त्यसअघि रोनाल्डिन्होका वकिलले १.६ मिलियन डलरको धरौटीमा रिहा गर्न आग्रह गरेपनि अदालतले अश्विकार गरेको थियो । 

रोनाल्डिन्होले ब्राजिललाई २००२ मा विश्वकप जिताएका थिए भने उनले 

बार्सिलोना, पिएसजी, एसी मिलान जस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै