काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ गरेको छ ।
अख्तियारले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले सडक निर्माणमा भइरहेको काम सम्बन्धि घुस वापत लिएको रकम २० लाखसहित काठमाडौंको रोयल अलिना बेकरी क्याफेबाट मंगलबार पक्राउ गरेको जानकारी दिएको छ ।
अख्तियारले अहिले दुवै जना नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।