• २०८१ बैशाख १७ सोमबार

सन्ना मरिन प्रधानमन्त्रीको रूपमा संसदबाट अनुमोदित

kharibot

हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनकी छन् । उनलाई फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) प्रधानमन्त्रीका रूपमा सोमबार चयन गरेको थियो ।

फिनल्याण्डको संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरेपनि त्यसलाई संसदले अनुमोदन गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टीको नेतृत्व सम्हालेकी थिइन् । 

गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये एसडीपीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गने अवसर जुरेको हो । विश्वमा सानै उमेरमा प्रधानमन्त्री भएका व्यक्तिहरूमा युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै