• २०८१ बैशाख १७ सोमबार

कान्छी प्रधानमन्त्री मरिनको प्रस्ताव : हप्तामा तीन दिन छुट्टी, दिनको छ घण्टा काम

kharibot

हरेक हप्ता तीन दिन छुट्टी र बाँकी चार दिन जम्मा छ घण्टा दैनिक काम गर्न पर्यो भने कस्तो हुन्छ होला ? शायद कसैले पनि यस प्रस्तावलाई बहिस्कार गर्दैन । जागिर, सरकारी होस् या निजी,  सबै जना पर्याप्त छुट्टी भएको चाहन्छन् । तर प्राय मानिसहरुको इच्छा पुरा हुन सक्दैन। तर यदि सरकारले आफै यस्तो नियम बनायो भने अचम्म हुनेछ ।  यो कुनै ठट्टा होइन साच्चिकै हो, एक प्रधानमन्त्रीले देशमा यस्तो नियम बनाउने प्रस्ताव रखेका छन् । को हुन् ती प्रधानमन्त्री ? के छ प्रस्तावमा ?

फिनल्याण्डमा भर्खरै नियुक्त भएकी प्रधानमन्त्री सन्ना मरिनले उक्त प्रस्ताव राखेकी हुन् । ३४ वर्षीय मरिन विश्व सामु आफ्नो देशको काम गर्ने समय लचिलो बनाउन कोशिश गर्दै छिन् ।

डेली मेलको रिपोर्ट अनुसार मरिन भन्छिन्, 'म स्वीकार गर्छु कि मानिसहरु आफ्नो परिवार र प्रिय मानिससंग धेरै भन्दा धेरै समय बिताउन पर्दछ । उनीहरुलाई आफ्नो शौक र जीवनको विभिन्न रहस्य जान्नको लागि समय निकाल्नु पर्छ ।'

हालै फिनल्याण्डमा एक हप्तामा पाँच दिन सधै आठ घण्टा काम गर्नु सामान्य हो । ठिक त्यस्तै भारतको थुप्रै कम्पनी वा सरकारी विभागमा पनि छ ।

तर सना मारिन हप्तामा काम गर्ने दिन कम गर्न चाहन्छिन् र कर्मचारीहरुको कामको क्षमता त्यसबाट प्राप्त हुने नतिजा राम्रो हुने बताउछिन् ।

सन्ना भन्छिन् ,'फिनिश नागरिकको लागि काम गर्न महत्वपुर्ण छ । यो नारीवादी तरीकाबाट सरकार चलाउने कुरा होइन तर आफ्नो मतदातासँग गरिएको बाचा पुरा गर्ने र उनीहरुलाई सहयोग गर्ने समय आएको छ ।'

सन्ना आफै पनि एक बच्चाको आमा हुन् र चार राजनीतिक पार्टिको गठबन्धनको प्रतिनिधित्व गर्छिन् । ती सबै पार्टिका प्रमुख महिला नै छन्, जसमा तीन जनाको उमेर ३५ वर्ष भन्दा कम छ । उनको यस प्रस्तावलाई फिनल्याण्डको शिक्षा मन्त्री ली एन्डर्सनले निकै खुशी सहित स्वागत गरेकी छन् ।

फिनल्याण्डको छिमेकी राष्ट्र स्वीडेनमा पनि सन् २०१५ मा छ घण्टा काम गर्ने नियम लागु भएको थियो । जसको नतीजा– कर्मचारी खुशी भएर काम गर्न थाले र जीवनशैलीमा पनि विकास हुँदै गयो ।

नोभेम्बर २०१८ मा माइक्रोसफ्ट जापानले पनि काम र जीवनमा सन्तुलन बनाउनको लागि हप्तामा चार दिन काम गर्ने नियम लागु गरेको थियो । नतीजा– कर्मचारीहरुको उत्साह बढ्दै गयो र कम्पनिको उत्पादकता ३९.९ प्रतिशतले बढेको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै