• २०८१ बैशाख १८ मंगलबार

सुषमा स्वराजको राजकीय सम्मानका साथ अन्त्यष्टि

kharibot

नयाँदिल्ली । भारतीय पुर्व विदेशमन्त्री सुषमा स्वराजको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । गएराती हृदयघातबाट निधन भएकी ६७ बर्षिय स्वराजको आज नयाँ दिल्लीस्थित लोधी रोडको शवदाह गृहमा अन्त्यष्टि गरिएको हो ।

सुषमाको अन्त्यष्टिको अन्तिम विधि उनकी छोरी बांसुरी स्वराजले गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यस अघि सुषमाको पार्थिव शरीरलाई भारतीय जनता पार्टीको पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखिएको थियो ।

उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मंत्री अमित शाह, काँग्रेस नेत्री सोनिया गांधीसहित कैयौं नेता तथा कार्यकर्ताहरुले श्रद्धान्जली दिएका थिए ।

गएराती करिब ९ बजे हृदयघात भएपछि दिल्लीस्थित एम्स अस्पताल पुर्याएकी स्वराजको राति करिब ११ बजे अस्पताल मै निधन भएको थियो ।

सन् २०१ मा किड्नी ट्रान्सप्लान्ट गरेकी सुषमा लामो समयदेखि अस्वस्थ्य रहेकी थिइन् । खराब स्वास्थ्यका कारणनै उनले केहि महिना अघि सम्पन्न निर्वाचन समेत नलड्ने निर्णय गरेकी थिइन् ।

१४ फेब्रुअरी १९५२ मा जन्मिएकी सुषमाको नाममा भारतीय राजनीतिमा कैयौ रेकर्ड समेत रहेको छ । सन् १९७७ मा २५ बर्षको उमेरमै भारत क्याबिनेट मन्त्री बनेकी थिइन् । त्यस्तै सन् १९७९ मा भारतको हरियाणा राज्यको पार्टी अध्यक्ष बनेकी थिइन् ।

उनको नाममा भारतको महिलो महिला मुख्यमन्त्री, केन्द्रीय क्याबिनेट मन्त्री र पहिलो विपक्षी दलकी नेत्री र पहिलो महिला पार्टी प्रवक्ता बनेको रेकर्ड रहेको छ ।

भारतमा इन्दिरा गान्धी पछि पहिलो महिला विदेशमन्त्री बनेकी सुषमाले ११ पटक चुनाव लडेकी थिइन् । जसमा तीन पटक विधान सभा र सात पटक संसदको चुनाव लडेकी थिइन् ।

१०९८ मा ५० दिनको लागि दिल्लीकी मुख्यमन्त्री बनेकी सुषमा २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्री बनेकी थिइन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय