• २०८१ जेठ ८ मंगलबार

नेपाल बारे विवादस्पद अभिव्यक्ति दिएकी स्वराजले माफी मागिन 

kharibot

काठमाडौं । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा लाखौ भारतीय नागरिकलाई सम्बोधन गरेको विवादस्पद अभिव्यक्ति पछि माफी मागेकी छन् ।

सामाजिक संजालमा उनको कडा आलोचना भएपछि स्वराजले माफी मागेकी हुन् । स्वराजले मेरो तर्फबाट यो गल्ति भएको भन्दै सामाजीक संजाल ट्वीटरबाट माफी मागेकी छन् ।

भारतीय विदेश मन्त्रालयमा सोमवार आयोजित बार्षिक पत्रकार सम्मेलनमा बोल्दै स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने पहिलो प्रधानमन्त्री बनेको उल्लेख गरेकी थिइन् ।

स्वराजले नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन् जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदान पुगेर सम्म लाखौं लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गरेको बताएकी थिइन् ।

स्वराजको यस अभिव्यक्तिले नेपालको सामाजिक संजाल तरंगित भएको छ । यस बारेमा राजनीतक दलहरु र सरकारले कुनै प्रतिक्रिया नदिएपनि आम जनताले भने सामाजिक संजालमा जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने उपस्थित सबै भारतीय थिए ? भन्ने प्रश्न गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै