• २०८१ बैशाख १८ मंगलबार

भारतीय पुर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

kharibot

नयाँदिल्ली । भारतीय पुर्व विदेशमन्त्री सुषमा स्वराजको गएराती निधन भएको छ । ६७ बर्षिय स्वराजको हृदयघातबाट निधन भएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

गएराती करिब ९ बजे हृदयघात भएपछि दिल्लीस्थित एम्स अस्पताल पुर्याएकी स्वराजको राति करिब ११ बजे अस्पताल मै निधन भएको थियो ।

सन् २०१ मा किड्नी ट्रान्सप्लान्ट गरेकी सुषमा लामो समयदेखि अस्वस्थ्य रहेकी थिइन् । खराब स्वास्थ्यका कारणनै उनले केहि महिना अघि सम्पन्न निर्वाचन समेत नलड्ने निर्णय गरेकी थिइन् ।

१४ फेब्रुअरी १९५२ मा जन्मिएकी सुषमाको नाममा भारतीय राजनीतिमा कैयौ रेकर्ड समेत रहेको छ । सन् १९७७ मा २५ बर्षको उमेरमै भारत क्याबिनेट मन्त्री बनेकी थिइन् । त्यस्तै सन् १९७९ मा भारतको हरियाणा राज्यको पार्टी अध्यक्ष बनेकी थिइन् ।

उनको नाममा भारतको महिलो महिला मुख्यमन्त्री, केन्द्रीय क्याबिनेट मन्त्री र पहिलो विपक्षी दलकी नेत्री र पहिलो महिला पार्टी प्रवक्ता बनेको रेकर्ड रहेको छ ।

भारतमा इन्दिरा गान्धी पछि पहिलो महिला विदेशमन्त्री बनेकी सुषमाले ११ पटक चुनाव लडेकी थिइन् । जसमा तीन पटक विधान सभा र सात पटक संसदको चुनाव लडेकी थिइन् ।

१०९८ मा ५० दिनको लागि दिल्लीकी मुख्यमन्त्री बनेकी सुषमा २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्री बनेकी थिइन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै