• २०८१ जेठ ३ बिहीबार

श्रीलङ्कामा घट्यो जन्मदर

kharibot

कोलम्बो । श्रीलङ्का रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलङ्कामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताएका छन् । 

वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए । 

उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए । सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलङ्काको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै