• २०८१ जेठ ८ मंगलबार

परराष्ट्र मन्त्रालयले भन्यो-भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

kharibot

काठमाडौँ ।  सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुषमा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ । 

आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त विषयमा आम नेपाली जनताले चासो व्यक्त गरेकामा हार्दिक आभार व्यक्त गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै