• २०८१ बैशाख १७ सोमबार

सरसफाइ मन्त्री महेन्द्र यादवले लक्ष्मीनियाँ गाउँपालिकाबाट मतदान गरे

kharibot

जनकपुरधाम(रासस) / स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुुसार एक घण्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् ।

अठारवटा स्थानीय तह रहेको धनुषा जिल्लामा तीन लाख ८९ हजार ३९१ मतदाताका लागि लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्र राखिएको छ ।

यसैबीच पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले नगराइन वडा नं २ स्थित राजेश्वर निधि मतदान केन्द्रबाट मतदान गर्नुभयो भने खानेपानी सरसफाइ मन्त्री महेन्द्र यादवले लक्ष्मीनियाँ गाउँपालिकाबाट मतदान गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय