• २०८१ बैशाख १७ सोमबार

राप्रपाको स्पष्टोक्ति- कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण गर्ने व्यक्ति राप्रपाका होइनन्

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्ने व्यक्त आफ्नो पार्टीको कार्यकर्ता नभएको स्पष्टीकरण दिएको छ  ।

राप्रपाका महामन्त्री डा. धवलशमशेर जबराले राप्रपाले हिंसाको राजनीति नगर्ने स्पष्ट गर्दै यादवलाई आक्रमण गर्ने व्यक्ति राप्रपाको कार्यकर्ता नभएको बताए ।

उनले यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई कानुन अनुसार कारवाही हुनुपर्ने बताउदै यस घटनामा राप्रपा संलग्न नरहेको स्पष्ट गरेका छन्  ।

घटनाको क्रममा आफु पनि सो ठाउमा रहेको बताउदै जबराले ति व्यक्तिले राजसंस्थाको नारा लगाएको र एमसीसीको विरोध गरेको साथै रिपोर्टर्स क्लबमा यादवले बोल्दा समेत विरोध गरेको आफुले देखेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै