• २०८१ बैशाख १७ सोमबार

सुन बरामदबारे मन्त्रीको प्रतिक्रिया : प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिऔं

kharibot

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ठूलो परिमाणको सुन बरामद भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिन आग्रह गरेका छन् । सुन तस्करीको बारेमा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उनले त्यसो भनेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री देउवाको पालामा बरामद भएको छ, बरु प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिनुहोस् ।’ यद्यपि उनले सुन तस्करीमा संलग्न भएका नेता  वा कर्मचारी जो भए पनि कसैलाई पनि नछोड्ने चेतावनी दिए । उनले भने, ‘तस्करीमा संलग्न भएका व्यक्तिहरुलाई कारबाही हुन्छ ।’
राजधानीमा मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले उक्त प्रतिक्रिया दिएका हुन् । यस्तै मन्त्री यादवले आगामी डिसेम्बरमा मेलम्चीको खानेपानी काठमाडौं आइपुग्ने समेत जानकारी दिए । प्रधानमन्त्री देउवा र आफ्नो पालामै मेलम्चीको पानी काठमाडौं आइपुग्ने उनको भनाइ थियो ।
त्यस्तै, २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हासिल गर्ने मन्त्री यादवले दाबी गरे । साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘तराई÷मधेश कांग्रेसको गढ हो, कांग्रेसले नै मधेशको विकास गरेको छ ।’ हजारौं नेता तथा कार्यकर्ताहरु कांग्रेसलाई पहिलो बनाउन आतुर रहेको उनको भनाइ छ । उनले कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिक पूर्वाधार लगायत विकासका धेरै कामहरु गरेकोले कांग्रेसप्रतिजनताको विश्वास रहेको स्पष्ट पारे । उनले भने, ‘१ सय ३६ स्थानमा हामी एक सय ६ वा ७ स्थानमा विजयी हासिल गर्छौं ।’
त्यस्तै उनले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग ९÷१० स्थानमा सहकार्य गर्ने निर्णय भएकोले त्यहीअनुसार उम्मेदवार तय भएको समेत जनाए । उनका अनुसार राजमार्ग छेउका सिमराको जीतपुर, सर्लाहीको बाग्मती, लालबन्दी, हरिवन, धनुषाको ढल्केवर(मिथिला), सिरहाको कर्जन्हा, मिर्चैया र गोलबजारमा माओवादी केन्द्रसँग सहकार्य हुने निर्णय भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै