• २०८१ बैशाख २० बिहीबार

इरफान खान सफल उपचारपछि बलिवुडमा फर्किने तयारीमा 

kharibot

मुम्बई । बलिवुड अभिनेता इरफान खान अब छिट्टै फिल्म सुटिंगमा फर्किने भएका छन्। भारतीय मिडियाले ‘न्युरो एन्ड्रोक्राइन ट्युमर’ भएका इरफान अब केहि दिनमै मुम्बई फर्किने तयारी गरेको उल्लेख गरेका छन्। 

गत फागुनमा इरफान ‘न्युरो एन्ड्रोक्राइन ट्युमर’ बाट ग्रसित भएपछि उनी उपचारका लागि लन्डन गएका थिए। अत्यन्त दुर्लभ मानिएको यो रोग एक रिपोर्टका अनुसार करिब १० लाखमा एक जनालाई हुने बताइन्छ ।

इरफानले अब मुम्बई फर्केर उनको सन् २०१७ को सुपरहिट फिल्म हिन्दी मिडियमको सिक्वेलको सुटिंग सुरु गर्ने बताइएको छ। फिल्मको सुटिंग डिसेम्बरको पहिलो साताबाट सुरु हुने भएको छ। फिल्मका निर्माता लन्डनमा उपचारत इरफानलाई भेटेर स्क्रिप्ट सुनाएपछि इरफानले उपचारबाट फर्केर हिन्दी मिडियमको सिक्वेलमा काम गर्ने राजी भएका हुन्।   

५१ बर्षिय अभिनेता खानले बलिवुडमा एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बलिवुडका अलावा हलिवुडमा पनि काम गरेका छन् । लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिंग स्पाइडर म्यानजस्ता सुपर हित फिल्ममा काम गरेका छन् ।

बलिवुडमा २०१३ मा उनले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारतीय राष्ट्रिय पुरस्कार समेत पाएका थिए ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै