• २०८१ जेठ ४ शुक्रबार

जोखिम नक्साङ्कन गरेर विपद् व्यवस्थापनमा जुट्दै कोशी प्रदेश

kharibot

झापा।  कोशी प्रदेश सरकारले बाढी,पहिरो, आगलागी, चट्याङ र जङ्गली जनाबरको आक्रमणबाट निम्तिने जनधनको क्षति न्यूनिकरणका लागि विपद् व्यवस्थापनको नीति तथा योजनाहरु निर्माण गरेको छ ।

प्रदेशको १४ जिल्ला र १३७ पालिका समेटिने गरी ‘प्रदेश विपद् जोखिम नक्सांकन’ कार्य भइरहेको र विपद् व्यवस्थापनमा डिजिटल प्रविधिको उच्चतम् प्रयोगमा ध्यान दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाले बताए ।

“कहाँ कहाँ जोखिम छन् भनेर मोवाइल एप्समार्फत नक्सांकन गरेका छौं,” उनले भने,“त्यही आधारमा विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण, उद्धार तथा राहत कार्यमा स्थानीय पालिकासम्म निर्माण गरिएका संरचनामार्फत पूर्वतयारीका साथ जुट्छौं ।” यस कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको सक्रिय भूमिका रहने उनले बताए । 

सबै पालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र र चार–चार वटा पालिकालाई समेटेर प्रदेशको चार स्थानमा एकीकृत सेवा केन्द्र स्थापना गरेर विपद् व्यवस्थापन कार्य अघि बढाइएको उनले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै