• २०८१ बैशाख २१ शुक्रबार

बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य बिग्रियो, आइसीयुमा भर्ना

kharibot

काठमाडौँ । बलिवुड अभिनेरा इमरान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि आइसीयुमा भर्ना गरिएको छ ।

पछिल्लो केहि दिनदेखि मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचाररत अभिनेता इरफानको स्वास्थ्य झन खराब भएपछि आइसीयुमा भर्ना गरिएको भरतीय मिडियाहरुले बताएका छन् ।

इरफानको पेटमा दुखाई रहेको र उनको आन्द्रा सुन्निएको  मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अस्पतालले इरफानको स्वास्थ्य अवस्था स्थिर रहेको र छिटै सुधार हुने बताएको छ ।

यहि अप्रिल २५ मा आफ्नी आमाको निधन हुदा समेत इरफान लकडाउन र आफ्नो स्वास्थ्यका कारण आमाको निधनपछि राजस्थान पुग्न सकेका थिएनन् ।

२०१७ देखि स्वास्थ्य समस्यामा रहेका इरफानले गतबर्ष ठिक भएर नयाँ फिल्म अंग्रेजी मिडियममा काम गरेका थिए । अंग्रेजी मिडियम रिलिज हुनासाथ कोरोनाको संक्रमण बढेपछि लकडाउन हुदा फिल्मको रिलिज समेत रोकिएको थियो ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै