• २०८१ बैशाख २१ शुक्रबार

इरफान खान : टेलिभिजनदेखि हलिवुडसम्म मन जितेका अभिनेता

kharibot

मुम्बई । बलिवुड अभिनेता इरफान खानको अचानक मृत्युले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ । ५४ बर्षिय अभिनेताले टेलिभिजन हुदै बलिवुड र हलिवुडका फिल्महरुमा गरेको जीवन्त अभिनयले विश्वभर आफ्ना फ्यान बनाउन सफल भएका थिए । बलिवुडमा 'हिरो' को परम्परागत ट्रेण्डलाई परिवर्तन गर्ने अभिनेताको पहिचान बनाएका थिए ।

इरफानका बलिवुडमा शुरुवाती दिन संघर्ष पूर्ण थिए । नेशनल स्कुल अफ ड्रामामा अध्ययन गरेका इरफान कामको खोजीमा मुम्बई आएका थिए । इरफानले आफ्नो क्यारियरको शुरुवात टेलिभिजनबाट गरेका थिए । उनले सन १९९१ मा दुरदर्शनको निकै चर्चित सिरियल 'चाणक्य' मा काम गरेका थिए । यसपछि इरफानले भारत एक खोज, सारा जँहा हमारा, बनेगी अपनी बात, चन्द्रकान्ता र श्रीकान्त जस्ता कैयौं सिरियलमा कम गरेका थिए ।

सानो पर्दामा इमरानले लामो समयसम्म काम गरे । उनको फिल्मी क्यारियर सन १९८८ मा सलाम बम्बेबाट भएको थियो । यस फिल्ममा उनले लिटिल राइटरको पात्रको भूमिका निभाएका थिए । यसपछि उनले पिता, एक डाक्टरकी मौत जस्ता फिल्ममा काम गरे । अनेकौं टिभी सिरियल र फिल्म पछि इरफानको फिल्मी क्षेत्रमा पहिचान २००३ मा रिलिज भएको हासिल फिल्मबाट भयो । यस फिल्मका लागि उनलाई फिल्म फेयरको उत्कृष्ट खलनायकको अवार्ड दिइएको थियो ।

२००३ मा नै उनको रिलिज भएको फिल्म मकबुल पनि इरफानको उत्कृष्ट फिल्ममा पर्दछ । त्यस्तै २००५ मा रिलिज भएको फिल्म रोगमा  इन्स्पेक्टरको भूमिका पनि निकै चर्चित थियो । त्यसपछि इरफानले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारत सरकारले राष्ट्रिय अवार्ड दिएको थियो ।

पान सिंह तोमारपछि इरफानका बलिवुडका धेरै उत्कृष्ट फिल्म आए । जसमा लन्च बक्स, हैदर, पिकु, तलवार, मदारी, हिन्दी मिडियम, करीब करीब सिंगल हुदै अन्तिम फिल्म अंग्रेजी मिडियम बन्यो ।

बलिवुडका अतिरिक्त इरफान हलिवुडमा समेत कैयौं चर्चित फिल्ममा काम गरेका छन् । स्लाम डग मिलिनियर्स, द अमेजिंग स्पाइडर म्यान, लाइफ अफ पाइ, जुरासिक वर्ड, इन्फेर्नो जस्ता हलिवुडका फिल्ममा काम गरेर इरफानले आफ्नो अभिनयको छाप छोड्न सफल भएका थिए ।

आफ्नो क्यान्सरको उपचारपछि फर्केर शुटिंग गरेको फिल्म अंग्रेजी मिडियम लकडाउनको मारमा परेर केहि दिनको रिलिजमै बन्द गर्नु परेको थियो ।
    
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै