• २०८१ बैशाख २१ शुक्रबार

बलिवुड अभिनेता इरफान खानको निधन

kharibot

काठमाडौँ । बलिवुड अभिनेता इरफान खानको निधन भएको छ ।

लामो समय देखि क्यान्सर रोगबाट ग्रसित इरफानको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो ।

पछिल्ला दिन अस्पतालमा उपचाररत ५४ बर्षिय अभिनेता इरफानको स्वास्थ्य झन खराब भएपछि मंगलबार आइसीयुमा भर्ना गरिएको थियो ।

निर्देशक सुजित सरकारले अभिनेता इरफान खानको निधन भएको भन्दै दुख व्यक्त गरेका छन् ।  

इरफानको पेटमा दुखाई रहेको र उनको आन्द्रा सुन्निएको बताइएको थियो ।

यहि अप्रिल २५ मा आफ्नी आमाको निधन हुदा समेत इरफान लकडाउन र आफ्नो स्वास्थ्यका कारण आमाको निधनपछि राजस्थान पुग्न सकेका थिएनन् ।

२०१७ देखि स्वास्थ्य समस्यामा रहेका इरफानले गतबर्ष ठिक भएर नयाँ फिल्म अंग्रेजी मिडियममा काम गरेका थिए । अंग्रेजी मिडियम रिलिज हुनासाथ कोरोनाको संक्रमण बढेपछि लकडाउन हुदा फिल्मको रिलिज समेत रोकिएको थियो ।

इरफानले बलिवुडबाहेक हलिवुडमा पनि कैयौं फिल्ममा काम गरेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै