• २०८२ कार्तिक १९ बुधबार

रामकुमारी झाँक्रीलाई एक साता भित्र लिखित आत्मालोचना गर्न एकीकृत समाजवादीको निर्देशन

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई आत्मालोचनाका लागि थप एक हप्ताको समय दिएको छ । 

सचिवालय बैठकले झाँक्रीले व्यक्त गरेका विचारहरु पार्टी हित विपरित रहेको निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् । 

उनले भने- 'झाँक्रीले व्यक्त गरेका विचारहरु पार्टी हित विपरित रहेको निष्कर्षसहित उहाँलाई व्यक्त गरिएका विचारका सन्दर्भमा अबदेखि पार्टीलाई नकारात्मक असर गर्ने र पार्टी पंक्तिमा भ्रम फैलाउने खालका अभिव्यक्ति नदिने प्रतिबद्धता सहित सात दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्न निर्देशन दिने निर्णय गरिएको छ ।'

पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभियक्तिका लागि असार १९ गते झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै