• २०८२ कार्तिक १९ बुधबार

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ जनता र पार्टीलाई जोड्ने मुद्धा हो- रामकुमारी झाँक्री

kharibot

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ जनता र पार्टीलाई जोड्ने मुद्धा भएको बताएकी छन् । 

मंगलबार नेकपा (एकीकृत समाजवादी) काभ्रे, मण्डनदेउपुर नगर कमिटीले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै नेता झाँक्रीले उक्त कुरा बताकी हुन् । उनले भनिन्- ‘हामीले पार्टी निर्माणका निम्ति सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुलनारा बनाएर जनताको बीचमा आइरहेका छौं। यो पार्टी र जनता जोड्ने कार्यक्रम हो। यो कुनै जुलुस नाराबाजी गर्ने आन्दोलन होइन। यो रचनात्मक र सकारात्म कार्यक्रम हो। सार्वजनिक छलफल, विचार विमर्श जस्ता कार्यक्रम गर्ने कार्यक्रम हो।’ 

उनले अगाडी भनिन्- 'यसरी हाम्रो पार्टीले आन्दोलनका चरणवद्ध कार्यक्रम गर्नु किन आवश्यक रह्यो भन्दा समाजमा आज विभिन्न खालका भाष्य स्थापित गर्न खोजिदैछ। यसको साथै जिम्मेवार राजनीतिक दल कहाँ चुक्यौँ? भनेर हेर्न आवश्यक छ। सार्वजनिक रुपमा हामीले यसलाई स्पष्ट पार्ने र जनतालाई सही कुरा बताउने भनेर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ। आज चौक, चौतरा, चिया पसलमा व्यवस्था फेरियो, अवस्था फेरिएन, देशमा बस्न लायक रहेन, यो देशमा केही छैन भन्ने खालका भाष्य जबरजस्त स्थापित गर्न खोजिदैछ। यो गलत छ। हिजो र आजबीचको तुलना गर्दा के फरक पाइन्छ ? त्यसको बारेमा कुनै छलफल नगर्ने खाली नकारात्मक कुरा गरेर हिड्दा देश बन्छ ? कदापी पनि बन्दैन।’ 

झाँक्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पहुँचमा, सहभागितामा तुलनात्मक रुपमा परिवर्तन भएको बताउदै केही समाज विरोधि तत्वहरुले जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको दाबी गरिन् । उनले भनिन्- 'विगत ५० वर्ष पहिले भोगेको समाज, विगत ३० वर्षदेखि यताको समाज र हालै १० वर्ष यताको समाजको गुणस्तर एउटै छ? छैन। अनवाश्यक रूपमा नकारात्मक भाष्य खडा गरेर समाज भाड्न पाइदैन। के सत्य हो ? के असत्य हो ? त्यसको बारेमा जनतालाई भन्नुपर्छ। अनि सबै राम्रो भएको छ त? छैन । समाजमा कुनै न कुनै सामाजिक समस्या छन्। आम प्रश्न यो होइन, समाधान गर्न सकिने र गर्नुपर्ने कुरा के हो ? त्यो मुख्य कुरा हो ।’ 

झाँक्रीले आफूबाहेक अरु सबै खराब हुने भन्ने मान्यता स्थापित गर्न खोजिएको बताइन् । 

उनले भनिन्-‘सुशासनको कुरा आउँदा आफू बाहेक जम्मै भ्रष्टचारी देख्ने कामभयो। यस्तो किन भयो भन्दा पार्टीभित्र विचारधारात्मक काम भएनन्। प्रशिक्षणका काम भएनन्। समाजमा कस्ता खालका समस्या छन् ? भन्नेबारेमा काम गरेनौं। केही व्यक्तिहरूको खराब चरित्रलाई लिएर व्यवस्था नै खराब हो भन्ने ठाउँमा किन पुगियो ? यसको बारेमा हामीले सोच्नुपर्छ। हिजोका खराब दिनको सम्झना गरौँ। हिजो के थियो ? हामी सबैभन्दा खराब समयमा जन्मिएको पुस्ता हौँ। आजको समय निक्कै सम्भावना र सुन्दर समय हो ।’  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै