काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम हाल उपचाररत रहेका छन् ।
उनका छोरा, राजपुर नगरपालिका प्रमुख डा. रजिक आलमका अनुसार बुधबारदेखि अफताब आलमको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचाररत रहेका छन् । हाल आलमको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ ।
छोरा डा. आलमले पिता अफताब आलमको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ र चिकित्सकहरूको निगरानीमा नियमित उपचार भइरहेको छ ।









