• २०८२ कार्तिक १९ बुधबार

ओली र खनालबीच भेटवार्ता

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । 

एमाले नेता महेश बस्नेतले ओली र खनालबीच भेटवार्ता भएको र सकारात्मक कुराकानी भएको जानकारी दिएका छन् ।

साथै बस्नेतले यस भेटले पुराना एमाले नेताहरूबीचको सम्बन्ध सुधार भइरहेको सङ्केत दिएको बताएका छन् । त्यस्तै नेता बस्नेतले रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको बताएका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका ९ दलबीच एकता हुने भएपछि त्यसमा असहमत एकीकृत समाजवादीको एक समुह नयाँ दल खोल्ने तयारीमा रहेको र अर्को समुह एमालेमा फर्किने तयारी गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै