पोखरा । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी थप चार जना गम्भिर रूपमा घाइते भएका छन ।
मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधवार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । उनका अनुसार सो जीप ६० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी चालक शेरबहादुर बिक्र, नगेन्द्र गोतामे, भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाइली घाइते भएका छन ।