• २०८१ चैत ७ बिहीबार

माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुदै

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान बिहीबारबाट सुरु हुने भएका छ ।

फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु भएको अभियान राजावादीहरू सक्रिय भएपछि रौतहटमा पुगेर स्थगित गरिएको थियो । अब भने फेरी यहि चैत ७ गते बिहीबारबाट अभियान सुरु हुने माओवादी केन्द्रले जानकारी दिएको छ ।

अभियानमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू आज बाराको सिमरा जाने उनको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रका शिर्ष नेताहरु मधेसको कार्यक्रम सकेर चैत्र ९ गते चितवनको अभियानमा सहभागी हुने छन् ।

माओवादी केन्द्रले यो अभियान अन्तर्गत जनसभा, चोकसभा, अन्तर्क्रिया तथा जनभेटघाटहरू आयोजना गरिरहेको छ । कार्यक्रमको स्थान निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाका समितिहरूले गरेका छन् भने प्रत्येक स्थानमा बिहान, दिउँसो र बेलुका गरी अधिकतम तीनवटा कार्यक्रम गर्ने गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै