काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चन आफ्नो कमाईको विषयमा अहिले चर्चामा रहेका छन् ।
अमिताभले २०२४-२५ मा सबैभन्दा धेरै कर तिर्ने भारतीय सेलिब्रेटी बनेर चर्चामा रहेका हुन् । अभिनेताले आर्थिक वर्ष २०२४-२५ मा १२० करोड भारु कर तिरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कर तिर्ने मामिलामा अमिताभले अभिनेता शाहरुख खानलाई पछाडि पारेका छन् ।
यस वर्ष अमिताभ बच्चनको कुल कमाई ३५० करोड रुपैयाँ रहेको छ । उनले यो पैसा ब्रान्डको विज्ञापन, फिल्म र कौन बनेगा करोडपति कार्यक्रम होस्टिङ मार्फत कमाएका हुन् । उनी विगत दुई दशकदेखि यस कार्यक्रमको होस्ट हुन् । रिपोर्टका अनुसार, गत वर्ष अमिताभले ७१ करोड कर तिरेका थिए । अभिनेताले यस वर्षको लागि ५२.५ करोडको करको अन्तिम किस्ता मार्च १५, २०२५ मा तिरेका छन् ।
गत आर्थिक वर्षमा शाहरुख खानले ९२ करोड रुपैयाँ कर तिरेका थिए । यसो गरेर उनी सबैभन्दा ठूलो भारतीय करदाता सेलिब्रेटी बनेका थिए जबकि, सलमान खानले ७५ करोड र दक्षिण भारतीय अभिनेता थालपति विजयले ८० करोड कर तिरेका छन् ।
मुम्बईमा अमिताभ बच्चनको पाँचवटा बंगला छन् । उनका ४ वटा बंगलाका नाम जलसा, जनक, प्रतीक्षा, वत्स हुन् । अमिताभ आफ्नो परिवारसँग मुम्बईको जुहू क्षेत्रमा रहेको जलसा बंगलामा बस्छन् । यो बंगलाको मूल्य लगभग १२० करोड रहेको बताइएको छ । यो बंगला बिग बीलाई निर्देशक रमेश सिप्पीले फिल्म 'सत्ते पे सत्ता' को सफलताको भुक्तानीस्वरूप दिएका थिए ।
उनको दोस्रो बंगला 'प्रतीक्षा' को मूल्य १६० करोड रहेको बताइएको छ, जहाँ उनी पहिले आफ्नो बुबासँग बस्थे । तर गत वर्ष उनले आफ्नो जुहु बंगला प्रतिक्षा आफ्नी छोरी श्वेता नन्दलाई दिएका थिए । अमिताभको कार्यालय उनको 'जनक' बंगलामा छ । यसबाहेक उनको पुर्ख्यौली घर उत्तर प्रदेशको इलाहाबादमा पनि छ । अमिताभले यो ठाउँलाई शैक्षिक ट्रस्टमा परिणत गरेका छन् । उनको देशभरि धेरै अन्य सम्पत्तिहरू पनि छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनको फ्रान्समा पनि सम्पत्ति छ ।
सन् २०२४ मा जारी गरिएको हुरुन इन्डिया रिच लिस्टले अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रुपैयाँ रहेको देखाएको थियो ।
यसबाहेक, शेयर बजार वा सम्पत्तिमा गरिएको लगानी पनि उनीहरूको आम्दानीको प्रमुख स्रोत हो । ८० को दशकका धेरैजसो स्टारहरू जस्तै धर्मेन्द्र, जितेन्द्र आदिले आफ्नो चमक गुमाए पनि ९२ बर्षको उमेरमा पनि अमिताभको चमक अझै उस्तै छ ।