• २०८१ चैत ६ बुधबार

प्रहरी महानिरीक्षक दीपक थापाले लगाए दर्ज्यानी चिन्ह

kharibot

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा गृहसचिव गोकर्नमनी दुवाडीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

थापा सोमबार नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा नियुक्त भएका थिए । सरकारले वरिष्ठताका आधारमा थापालाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

आइजिपी वसन्त कुँवर ३० वर्षे सेवा हदका कारण सोमबारदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ मा एसपी र २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यसपछि २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा एआईजी बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै