• २०८१ चैत ६ बुधबार

पीएम कपमा आज दुई खेल हुदै

kharibot

काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।

आज बागमती प्रदेश र गण्डकी प्रदेशबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेशबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कर्णाली प्रदेशले ४ खेलमा एक जित र तीन हार बेहोरेको छ भने कोशी प्रदेशले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।

पीएम कपमा अहिलेसम्म नेपाल पुलिस क्लब ५ खेलमा अपराजित रहदै १० अंकसहित शिर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब पनि ५ खेलमा अपराजित रहदै १० अंकका साथ नै दोस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै