• २०८१ चैत ४ सोमबार

न्यूक्यासल युनाइटेडले जित्यो कारबाओ कपको उपाधि

kharibot

काठमाडौँ । न्यूक्यासल युनाइटेडले कारबाओ कप जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा लिभरपुललाई २-१ गोल अन्तरले पराजित गर्दै न्यूक्यासल युनाइटेडले क्लबको इतिहासमा पहिल पटक कारबाओ कप अर्थात लिग कपको उपाधि जितेको हो ।

न्यूक्यासलको जितमा डान बर्न र एलेक्जेन्डर इसकले एक एक गोल गरेका थिए । त्यसैगरी लिभरपुलका लागि फेडेरिको चिएसाले एक गोल गरेका थिए ।

न्यूक्यासलले क्लबको इतिहासमा सन् १९५४-५५ मा एफए कप जितेपछि पहिलो पटक कुनै पनि घरेलु उपाधि जितेको हो ।

कारबाओ कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको लिभरपुल भने अहिलेसम्म सबैभन्दा बढी १० पटक यो उपाधि जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै