• २०८१ चैत ४ सोमबार

अस्कल क्याम्पसको निर्वाचन प्रमुखको कार्यकक्षमा तालाबन्दी

kharibot

काठमाडौं । सयुक्त विद्यार्थी सङ्ठनले अमृत साइन्स क्याम्पस (अस्कल) को निर्वाचन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रेम जैसी, अखिल (समाजवादी) का केन्द्रीय प्रतिनिधि ललित सी र अखिल (क्रान्तिकारी) का केन्द्रीय प्रतिनिधि नेत्रबहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सर्वदलीय बैठक नै नराखी एकलौटी तरिकाले निर्णय गरिएकाले तालाबन्दी गर्नुपरेको बताएका छन् ।

क्याम्पसमा दर्ता भएका सबै संगठनहरुको प्रतिनिधित्व हुनेगरी सर्वदलीय बैठक बसेरमात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने उनीहरुको अडान छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयद्वारा जारी गरिएको निर्देशिका २०८१ बुँदा नं. ७ अनुसार क्याम्पसमा स्नातक तह वार्षिक र सेमेस्टर प्रणालीअन्तर्गत दोस्रो, तेस्रो सेमेस्टर र वर्षमा भर्ना नै नगरी मतदाता नामावली सार्वजनिक गरिएकोप्रति उनीहरुको आपत्ति रहेको छ । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरूको भर्ना प्रक्रिया अगाडि बढाएरमात्रै मतदाता नामवली सार्वजनिकको माग गरेको छ ।

साथै, अस्कल क्याम्पसको छात्रावासमा क्याम्पसमा भर्ना नै नगएका अवैध विद्यार्थीहरु बसिरहेको भन्दै सयुक्त विद्यार्थी सङ्ठनले तत्काल छात्रावास वैधानीकरण गर्न माग ग।ेको छ । फोटोसहितको मतदाता नामावली सार्वजनिक गरिनुपर्ने पनि उनीहरुको माग छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै