काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए निर्वाचनमा भाग लिन चुनौती दिएकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले कसैको कृपाले सत्तामा फर्किने नसोच्न चेतावनी दिएकी हुन् ।
उनले भनेकी छन्- 'सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै २०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ, कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस् ।'
उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताउदै गणतन्त्रमाथि प्रहार स्वीकार्य नभएको बताएकी थिइन् ।