काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिवीबाट जोगिन् र अपमान हुनबाट बच्न आफ्नो देश आफै बनाउनुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेपछिको सन्दर्भमा पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्-
विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । गरिवीमाथिको अपमानवाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौ र भनौं -‘हामी बनाउछौ हाम्रो देश नेपाल’