• २०८१ फाल्गुण १० शनिबार

काँग्रेसको महाधिवेशन ८४ को चुनावअघि नै हुनुपर्छ- डा. शेखर कोइराला

kharibot

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले २०८४ को निर्वाचनअघि महाधिवेशन हुनपर्ने बताउदै हुन नसके पार्टी झनै कमजोर हुने बताएका हुन् । साथै कोइरालाले आफु १५औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने पनि स्पष्ट गरेका छन् ।

कोइरालाले कांग्रेस–एमालेको गठबन्धन सरकारले सात बुँदे सहमतिअनुसार काम गर्न नसकेको बताउदै कांग्रेसले सत्तामा रहेको अवस्थामै पनि खबरदारी गरिरहुनु परेको बताएका छन् । 

कोइराला सुर्खेत पुगे लगत्तै नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ । कोइरालाले कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेताहरुसँग भेटघाट गर्ने र फागुन ९ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शेखरको साथमा कांग्रेस केन्द्रीय सदस्यहरु दिपक गिरी, सरिता प्रसाईं, रंगमती शाही, दिक्पाल शाही, मैना कार्की लगायत एक दर्जन नेता पनि सुर्खेत पुगेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै