• २०८१ फाल्गुण ११ आइतबार

टोरन्टो विमानस्थलमा डेल्टा एयरको विमान दुर्घटनाग्रस्त, १५ जना घाइते

kharibot

काठमाडौँ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरको विमान दुर्घटनाग्रस् भएको छ ।

अवतरणका क्रममा भएको विमान दुर्घटनामा एक बच्चा सहित कम्तिमा १५ जना घाइते भएको मिडिया रिपोर्मा उल्लेख छ। प्यारामेडिक सेवाले दुई जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

विमान मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको यात्रु विमान क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । विमानमा ८० जना सवार रहेको डेल्टा एयरलाइन्सले जानकारी दिएको छ । जसमा ७६ यात्रु र चार चालक दलका सदस्य रहेका छन् ।

दुर्घटनाको कारण स्पष्ट नभएपनि हिउसहितको आँधी भएको हुनसक्ने बताइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै