• २०८१ फाल्गुण ११ आइतबार

परराष्ट्रमन्त्री डा. राणा र कतारी विदेशराज्यमन्त्री मुराइखीबीच भेटवार्ता, विपिनको रिहाई बारे छलफल

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीबीच भेटवार्ता भएको छ । आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको हो ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेटमा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

सो क्रममा उनले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै