• २०८१ फाल्गुण १ बिहीबार

पुलिस क्लब आहा रारा गोल्डकपको फाइनलमा

kharibot

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब चर्च ब्वाइज युनाइटेडलाई हराउँदै  पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।

बुधबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पुलिसको जितमा सञ्जीव लामाले खेलको ५८औँ मिनेटमा गरेको गोल नै खेलको  निर्णायक गोल बनेको थियो ।

जितसँगै फाइनलमा पुलिसले अब उपाधिका लागि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालको थ्री स्टार क्लबबीचको विजेतासँग शनिबार खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै