• २०८१ माघ ३० बुधबार

काठमाडौंको शंकरापुरमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

kharibot

काठमाडौँ । काठमाडौंको शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । 

बुधबार दिउँसो करिब साढे ४ बजे शंकरापुर-५ मोडमा चाबहिलस्थित एसएस एकेडेमीको बस पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुई बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गर्दा त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै