काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेल भारतले ४ विकेटले जितेको हो ।
इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो । भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेलेका थिए । यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९.५ ओभरमा अलआउट हुदै ३०४ रन बनाएको थियो ।
योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल बुधबार हुदै छ ।