काठमाडौँ । बार्सिलोनाले स्पेनिस ल लिगा अन्तर्गत सेभियामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जित मा रोबेर्ट लेवान डोस्की, फेर्मिन लोपेज, राफिन्हा र एरिक ग्रासियाले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको ६२औ मिनेटमा फेर्मिन लोपेजले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । त्यस्तै सेभियाका लागि एक गोल रुबेन भार्गासले गरेका थिए ।
यो जितपछि बार्सिलोना को २३ खेलमा ४८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । स्पेनिस ला लिगामा शिर्ष स्थानमा रहेको रियल म्याड्रिड को ५० अंक रहेको छ भने दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिड को ४९ अंक रहेको छ ।
त्यसैगरी यो हारपछि सेभियाको भने २३ खेलमा २८ अंक रहेको छ र लिगमा १३औ स्थानमा छ ।