काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
पाण्डेलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले ले मागबमोजिमको आदेश दिन अवस्वीकार गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि थुनामै छन् । सो प्रकरणमा पक्राउ परेका हाइप्रोफाइल नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भइसकेका छन् ।