काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।
यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई पनि हेर्दा हेर्दैमा सकिएको हो ।
आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित ११औँपटक हेर्दाहेर्दैमा परेको छ ।
तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।