काठमाडौं । कमलपोखरीस्थित शान्दार मः म पसलमा भएको आगलागीमा गम्भीर घाईते भएका दुई कामदारको मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेका रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।