• २०८१ माघ २९ मंगलबार

सत्ता समिकरणविरुद्ध भ्रम र अफवाहको खेती हुदैछ- महासचिव पोखरेल

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समिकरणविरुद्ध अनेक प्रकारका भ्रम र अफवाहको खेती भइरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सत्ता समिकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरेपनि तिनको अभिष्ट पुरा नहुने भन्दै अहिलेको सत्ता सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज भएको बताएका छन् ।

उनले भनेका छन्:

७ वुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समिकरणवाट विचलित भएका अस्थिरतावादका हिमायतिहरु सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेति गरिरहेका छन् । उनीहरुले सत्तासमिकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरेपनि तिनको अभिष्ट पुराहुने छैन, हुन दिइने छैन । किनकी सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै