काठमाडौँ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा बार्सिलोनाले भलेन्सियालाई ५-० गोल अन्तरले पराजति गर्दै सेमिफाइनलमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए । त्यस्तै फेर्मिन लोपेज र लामिन यमलले एक एक गोल गरेका थिए ।
त्यस्तै रियल सोसियडाडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै यस अघि रियल म्याड्रिड र एटलेटिको म्याड्रिड सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलको ड्र १२ फेब्रुअरीमा हुने छ । त्यस्तै सेमिफाइनलका पहिलो लिग २५ र २७ फेब्रुअरीमा हुने छन् भने दोस्रो लिग अप्रिल १ र ३ मा हुने छन् ।