• २०८१ माघ २७ आइतबार

म्याड्रिड डर्बीमा रियल र एटलेटिको बराबरीमा रोकिए

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न म्याड्रिड डर्बीमा रियल र एटलेटिको १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

एटलेटिकोका लागि जुलियन अल्भारेजले खेलको ३५औ मिनेटमा पेनाल्टी गोल मार्फत शुरुवाती गोल गरेका थिए भने रियलका लागि खेलको ५०औ मिनेटमा किलीयन एम्बाप्पेले बराबरी गोल गरेका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडको २३ खेलमा ५० अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम छ । त्यस्तै एटलेटिको म्याड्रिडको २३ खेलमा ४९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै