• २०८१ माघ २७ आइतबार

हमासले रिहा गर्यो थप तीन इजरायली बन्धक

kharibot

काठमाडौं ।  हमासले आज थप तीनजना इजरायली बन्धकलाई रिहा गरेको छ । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत पाँचौं चरणमा हमासले तीन इजरायली बन्धक रिहा गरिएको हो ।

हमासले ५६ वर्षीय ओहद बेन अमी, ५२ वर्षीय एली शराबी र ३४ वर्षीय ओर लेभीलाई रिहा गरेको छ ।

यसमध्ये अमी र शराबीलाई अक्टोबर २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको हमलामा किबुत्ज बेरी क्षेत्रबाट बन्धक बनाइएको थियो भने ओर लेभीलाई नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएको थियो ।

अहिलेसम्म युद्धविरामपछि हमासले २१ बन्धकलाई रिहा गरेको छ भने इजरायलले आफ्नो हिरासतमा रहेका साढे ५ सय भन्दा बढी बन्दीलाई रिहा गरेको छ । 

जनवरी १९ देखि शुरु भएको युद्धविरामको पहिलो चरणको तीन साताको समयमा युद्धविराम सम्झौता अनुसार हमासले ३३ बन्धक रिहा गर्ने र इजरायलले १९०० बन्दीलाई रिहा गर्ने सहमति भएको थियो । 

हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको नाम भने रिहा हुने बन्धकको सूचीमा यस पटक पनि परेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै