• २०८१ माघ २६ शनिबार

चुनाव जितेपछि मोदीको टिप्पणी- दिल्लीका जनताले विपत्तिबाट मुक्ति पाए

kharibot

काठमाडौँ । भारतको दिल्ली विधानसभामा २७ वर्षपछि  भारतीय जनता पार्टी (भाजपा) ले बहुमत पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको जित भएको बताएका छन् ।

भाजपाले बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री मोदी भाजपा मुख्यालय पुगेर सम्बोधन गर्दै दिल्लीका जनताले विपत्तिबाट मुक्ति पाएको टिप्पणी समेत गरेका छन् ।

मोदीले भने, 'आज दिल्लीका जनतामा दिल्लीलाई विपत्तिमुक्त बनाउने बारेमा उत्साह र शान्ति छ । मैले प्रत्येक दिल्लीवासीलाई पत्र पठाएर २१ औं शताब्दीमा भाजपालाई दिल्लीमा सेवा गर्ने अवसर दिन आग्रह गरेको थिएँ । मोदीको ग्यारेन्टीमा विश्वास गरेकोमा म दिल्लीका प्रत्येक परिवारप्रति कृतज्ञताका साथ शिर झुकाउँछु । दिल्लीले हामीमाथि खुला हृदयले आफ्नो माया बर्साएको छ ।'

मोदीले दोहोरो इन्जिन सरकारले दिल्लीको विकास द्रुत गतिमा गरेर ऋण चुक्ता गर्ने बताउदै दिल्लीमा विकास, दृष्टिकोण र विश्वासको जित भएको बताएका छन् । साथै उनले दिल्लीलाई घेरेको अराजकता, अहंकार र विपत्ति पराजित भएको बताउदै आम आदमी पार्टीमाथि कटाक्ष गरेका थिए ।
बिजेपीले दिल्लीको ७० सिट मध्ये ४८ सिटमा जित हासिल गर्दै २७ बर्षपछि सत्तामा कमब्याक गरेको छ । 

यस चुनावमा आम आदमी पार्टीका संयोजक एवं पुर्व मुख्यमन्त्री अरविन्द केजरीवालले समेत हार बेहोरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै